• २०८३ श्रावण ६ बुधबार

नेपाल औषधि लिमिटेडका सिटामोल माघदेखि बजारमा आउदै 

नेपाल औषधि लिमिटेडका सिटामोल माघदेखि बजारमा आउदै 

फाइल तस्बिर

काठमाडौँ । आगामी माघ दोस्रो सातासम्ममा नेपाल औषधि लिमिटेडबाट उत्पादन भएका सिटामोल नेपाली बजारमा आउने भएको छ । 

लामो समयदेखि बन्द रहेको उक्त कम्पनीलाई सरकारले सञ्चालनमा ल्याएपछि हाल सिटामोल उत्पादन गर्ने अवस्थामा पुगेको छ ।

मंगलबार आयोजना गरिएको कार्यक्रममा लिमिटेडका महाप्रबन्धक डा. रोभस कुसम सुवदीले सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसम्बन्धी कार्य सम्पन्न भइसकेको छ ।’

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड लामो इतिहास बोकेको अत्यवश्यकीय बस्तु उत्पादन गर्ने संस्थान भए पनि सोहीअनुसार भने काम गर्न सकेको छैन । 

औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको यस उद्योगले २०६० सालसम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै