• २०८१ बैशाख १४ शुक्रबार

नेपाल विरोधी अभियान चलाउने चौधरीलाई अन्तरवार्ता दिएर ओलीले राष्ट्रहित विरोधी काम गरे - भीम रावल

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले जीन्युजलाई अन्तर्वार्ता दिनु र सुधिर चौधरीलाई कालापत्थर घुम्ने प्रबन्ध गरी उनले सगरमाथामा 'भारतले दावी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थितिको सिर्जना गर्नु प्रधानमन्त्री केपी ओलीको राष्ट्रहित विरोधी कार्य भएको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई अन्तर्वार्ता दिएर राष्ट्रहित विरोधी काम गरेको आरोप लगाएका हुन् । 

उनले भनेका छन् -

नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई वालुवाटारमा अन्तरवार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा 'भारतले दावी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रमं केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै