• २०८१ बैशाख १५ शनिबार

झोउ चेंगयु : चीनको सफल चन्द्रमा मिसनकी कम उमेरकी कमाण्डर

kharibot

काठमाडौँ । चीनले हालै सम्पन्न चांगई-५ चन्द्रमा मिसनकी सबैभन्दा कम उमेरकी कमान्डर झोउ चेंगयुले सबैको ध्यानाकर्षण गरेकी छिन् । २४ वर्षीय महिला स्पेस कमाण्डर, चांगई-५ अन्तरिक्ष प्रोजेक्टमा गरेको कामको कारण चिनियाँ सामाजिक संजालमा निकै भाइरल भएकी छिन् ।

झोउ चेंगयु, वेनचांग स्पेसक्राफ्ट लन्च साइटको सबैभन्दा कम उमेरकी कमान्डर हुनुको साथै, कार्यालयमा 'ठुली दिदि' नामले पनि प्रख्यात छिन् । यस उपनाम उनको सम्मनको लागि दिइएको हो ।

चिनियाँ संचार माध्यमले उनलाई २३ नोभेम्बरमा प्रक्षेपण भएको चांगई-५ लुनार यानको सफलतामा सहभागिता भएको कारण हाइलाइट गर्दै समाचार सम्प्रेषण गरेपछि यी युवा अन्तरिक्ष यात्री वेइबोमा ट्रेन्डइंगमा छिन् । उनको कथाले अहिलेको सर्वसाधारण युवाको प्रतिनिधित्व गर्दछ ।

सामाजिक संजाल प्रयोगकर्ताले उनको प्रतिभाको निकै प्रशंसा गरेका छन् भने उनलाई देशको नाम उच्च गरेको कारण प्रेरणाको श्रोतको रुपमा लिएको बताएका छन् । तर गुइझाउ प्रान्तका मानिसहरुको उनीप्रति बढ्दो चासो र लोकप्रियताले उनलाई केहि प्रभाव नभएको बताएकी छिन् ।

डूओसाई गुइझाउ नेट समाचारसाइटको अनुसार झाउले लोकप्रियताको कारण आफ्नो काममा प्रभाव पर्न नदिने बताएकी छिन् । चिनियाँ चन्द्रमा देवीको नामले नामकरण गरिएको चांगई-५ यानले चन्द्रमाबाट ढुंगा संकलन गरी पृथ्वीमा फर्किनेछ ।

उक्त श्रोतले वैज्ञानिकहरुलाई चन्द्रमाको संरचनाको बारेमा अध्ययन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

मिसन सफल भए, ४० वर्षमा पहिलो पटक लुनार सतहबाट नमुना लिएर यान पृथ्वीमा फर्किनेछ र अमेरिका र रुस पछि चन्द्रमाबाट नुमना संकलन गर्ने चीन तेश्रो राष्ट्र बन्नेछ ।

बेइजिंगको स्पेस सुपर पावर बन्ने योजनासहित यस मिसनलाई चिनियाँ संचार माध्यमले 'स्पेसको सपना' बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले यस मिसनलाई राष्ट्रिय गौरव आयोजनाको नयाँ पाइलाको संज्ञा दिएका छन् ।

चीनको लागि अन्तरिक्ष यात्रा , प्रविधिको नयाँ विकास र विश्वमा आफ्नो शक्तिप्रदर्शनको रुपमा रहेको छ । चीनका ठुला वैज्ञानिक मध्ये एक प्राध्यापक ओयांग जियुयानको अनुसार, 'चन्द्रमाको अध्ययन र अन्तरिक्षयात्राले देशको शक्ति प्रदर्शनमा ठुलो सहयोग गर्दछ ।'

पछिल्लो वर्ष चीन, चन्द्रमाको नजिक रहेको रोबोटिक स्पेस क्राफ्ट ल्याण्ड गर्ने पहिलो राष्ट्र बनेको थियो । आउँदो केहि दशकमा चीनले चन्द्रमा अनुसन्धान स्टेसन स्थापना गर्ने ताथा मार्समा मानव पठाउने योजना लिएको छ ।

चांगई-देवीको कथा:

प्रायजसो चिनियाँ नागरिकलाई पौराणिक चांगई , चन्द्रमाको चिनियाँ देवीको कथा थाहा छ । यो एउटा कथा हो जुन रोमियो र जुलियट भन्दा भिन्न छैन ।

एउटा देवी जसले अमर हुने लोभमा अमृत पिउछिन् र आफ्नो श्रीमानलाई गुमाउछिन् र चन्द्रमामा गएर बस्न थाल्छिन् । चीनमा मध्ये शरद ऋतुमा हुने चन्द्रमा महोत्सबमा निकै चिसो हुने गर्दछ । त्यस समयमा चन्द्रमा नउदाए सम्म चांगई भन्ने शब्द प्रयोग गर्नु हुँदैन ।

त्यसैले पनि चीनले चन्द्रमाको सतहमा जाने मिसनमा शक्तिशाली महिला स्वरूपलाई लिएको छ र २४ वर्षीय झोउको तस्वीर सामाजिक संजालको वालमा छाएको छ जसको कमेन्टमा लेखिएको छ, 'एरोस्पेसको फ्रन्टलाइन सैनिक', 'ठुली दिदि' जसलाई चिनियाँ नयाँ पिंढीले प्रेरणाको स्रोतको रुपमा लिएका छन् ।

चीनले पछिल्लो समयमा महिलालाई प्राथमिकताको साथमा अगाडी ल्याउने गरेको छ । देशको नेतृत्व तथा राजनीतिमा पुरुषको शासन भएपनि नोभेम्बरमा चिनियाँ राष्ट्रिय संचार माध्यमले महिला वैज्ञानिक चेन वी, वैदेशिक मन्त्रालयको प्रवक्ता हुआ चुनयिंग र युएफसी फाइटर झांग वेइलीलाई हाइलाइट गरेका थिए ।

तर अन्य देशका कतिपय मानिसहरुले थुप्रै चिनियाँ उद्योगमा महिलालाई प्राथमिकता नदिइने बताएका छन् । सेप्टेम्बरमा चीनको कोभिड-१९ लडाई सम्बन्धि एक टिभी ड्रामाको क्रममा महिलाको भूमिकालाई देखाइएको कारण एउटा ठूलो चर्चाको विषय बनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै