काठमाडौँ । फिफा अध्यक्ष गियानी इनफान्टिनोलाई कोरोना संक्रमण भएको छ । फिफाले दिएको जानकारी अनुसार अध्यक्ष गियानीलाई कोरोनाको सामान्य लक्षण रहेको छ ।
उनलाई कोरोना पोजेटिभ पुष्टि हुनासाथ उनले आफुलाई सेल्फ आइसोलेसनमा राखेको फिफाले जनाएको छ । उनी आगामी १० दिनसम्म क्वारेन्टाइनमै रहने बताइएको छ ।
फिफाले अध्यक्ष गियानीसँग पछिल्ला दिनमा सम्पर्कमा आएका व्यक्तिहरुलाई खबर गरिएको र आवश्यक सुरक्षा उपाय अपनाउन भनिएको जनाएको छ ।
स्विजरल्याण्डमा कोरोनाको संक्रमण बढिरहेको बेला फिफा अध्यक्ष पनि संक्रमित भएका छन् ।









