• २०८३ मङ्सिर १ मंगलबार

भारतमा टेलिभिजन टीआरपी घोटाला : तीन महिना रेटिंग बन्द हुने

भारतमा टेलिभिजन टीआरपी घोटाला : तीन महिना रेटिंग बन्द हुने

फाइल तस्बीर

काठमाडौ । भारतमा अब टेलिभिजन र टेलिभिजन कार्यक्रमको रेटिंग तीन महिनासम्म नहुने भएको छ ।

टेलिभिजन रेटिंग प्वाइन्ट  (टीआरपी) मा घोटाला भएको बाहिर आएपछि केहि सातादेखि यस विषयमा विवाद भइरहेको छ । रिपब्लिक टिभी र टाइम्स नाउ टिभी च्यानलसहित केहि च्यानलले पैसा दिएर रेटिंग बढाएको विषय बाहिर आएपछि यो विषय विवादित रहेको छ ।

टिभीको रेटिंग गर्ने संस्था ब्रोडकाष्ट अडियन्स रिसर्च काउन्सिल (बार्क) ले आगामी १२ साता (तीन महिना) सम्म रेटिंग नगर्ने जानकारी दिएको छ ।

मुम्बई प्रहरीले अघिल्लो साता अर्नब गोश्वामीको रिपब्लिक टिभी र टाइम्स नाउले पैसा दिएर रेटिंग बढाएको आरोप लगाउदै बयानका लागि बोलाएको थियो । प्रहरीको एक्सनपछि रिपब्लिक टिभी पनि आफुहरुलाई बदनाम गरिएको भन्दै अदालत गएको छ ।

रिपब्लिक टिभीले रेटिंगको डिभाइस राखिएका घरहरु पत्ता लगाएर उनीहरुलाई पैसा दिएर दिनभर आफ्नो च्यानल चलाई राख्न लगाएको आरोप लगाइएको छ । टिभी च्यानलले अनियमितता गरेको थाहा पाएपछि रेटिंग एजेन्सी बार्कले प्रहरीमा उजुरी गरेपछि प्रहरीले यस विषयमा छानबिन गरेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै