• २०८३ मङ्सिर ५ शनिबार

साझा पार्टीको प्रश्न - के सरकारले डा. गोविन्द केसीलाई मार्नै खोजेको हो ?

साझा पार्टीको प्रश्न - के सरकारले डा. गोविन्द केसीलाई मार्नै खोजेको हो ?

काठमाडौँ । साझा पार्टीले अनसनरत डा. गोविन्द केसीलाई सरकारले मार्नै खोजेको हो भन्दै प्रश्न गरेको छ । साझाले डा. गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे गम्भीर चिन्ता प्रकट गरेको छ ।

साझाले एक विज्ञप्ति जारी गर्दै डा. केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? भन्दै छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्यो, होइन भने सत्याग्रही डा. केसीका माग सरकारले पुरा गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ - 'डा. केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन् । तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो ।'

विज्ञप्तिमा वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा डा. केसी छ पटक अनशन बसिसकेको भन्दै साझाले यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको बताएको छ ।

सरकारले अहिलेसम्म वार्ता टोलीसम्म गठन नगरेको भन्दै कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस् भनेझैँ रवैया प्रस्तुत गरिरहेको आरोप लगाएको छ ।

'पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा.केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन ? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?' साझाले भनेको छ । 

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको बताउदै सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै