• २०८१ बैशाख २० बिहीबार

निषेधाज्ञा खुकुलो : व्यापार-व्यवसाय क्षेत्र शर्तसहित खुल्ने, यातयातमा जोरबिजोर

kharibot

काठमाडौँ । काठमाडौं उपत्यकामा भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

बुधबार रातिदेखि निषेधाज्ञा खुकुलो बनाउदै यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय गरेका छन् ।

अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ ।

व्यापार व्यवसाय शर्तहरु सहित खोल्न दिने निर्णय भएको छ भने काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न भने निषेध कायमै रहेको छ ।

यस अघि भदौ ३ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो । फेरी त्यसलाई कायम राख्दै भदौं १७ गते फेरि भदौं २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञा खुकुलो भएको विस्तृत सूचना केहि बेरमा नै सार्बजनिक हुदै छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै