• २०८१ बैशाख १६ आइतबार

पूर्व ओलम्पियन उसेन बोल्ट कोरोना पोजेटिभ !

kharibot

फाइल तस्बीर

काठमाडौँ । पूर्व ओलम्पियन किर्तिमानधारी धावक उसेन बोल्ट कोरोना पोजेटिभ भएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि बोल्टले आफुलाई घरमै आइसोलेट गरेको जमैकन रेडियोले उल्लेख गरेको छ ।

३४ बर्षिय बोल्टले केहि दिन अघि कोरोना परिक्षण गरेको र उनको नतिजा पोजेटिभ आएको मिडिया रिपोर्टमा इल्लेख गरिएको छ ।

उनले केहि दिन अघि आफ्नो जन्मदिनको पार्टी गरेका थिए, जसमा म्यानचेस्टर सिटीका स्टार फुटबलर रहिम स्टरलिंग, क्रिकेटर क्रिस गेलजस्ता खेलाडी समेत पार्टीमा सहभगी भएको बताइएको छ ।

बोल्टले भने सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफुले कोरोना परिक्षण गरेको र आफुलाई सेल्फ आइसोलेट गरेको बताएका छन् तर उनले नतिजा पोजेटिभ या निगेटिभ आएको बारे स्पष्ट बताएका छैनन् ।

उनले आफु जिम्मेवार हुदै आफुलाई क्वारेन्टाइन गरेको छु भन्दै आफुलाई अहिले कुनै लक्षण नभएको बताएका छन् । उनले आफुले विदेशमा काम गरेकोले आफुले परिक्षण गरेको बताउदै सामाजिक संजालमा आफुलाई कोरोना पोजेटिभ आयो भन्ने आफुले पढेको बताएका छन् ।

बोल्टले अगस्त २१ मा कैयौं सेलिब्रेटी सम्मिलित जन्मदिनको पार्टी मनाएको बताइएको छ ।

आठ ओलम्पिक गोल्ड मेडल जितेका बोल्टलाई कोरना पोजेटिभ भएको नभएको बारे अन्योल भएको भन्दै स्थानीय मिडियाले उनलाई आइसोलेसनको प्रक्रियामा पठाइएको मात्र बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै