काठमाडौँ । मंगलबार सुनको मुल्य बह्देको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार भने तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रति तोला ९९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो ।
यस अघि आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै मंलगबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ३७५ मा कारोबार भइरहेको छ ।
त्यसैगरी मंगलबार पनि चाँदीको मुल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार मंगलबार पनि चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको छ ।