• २०८१ बैशाख १६ आइतबार

बजेटमा डा.बाबुराम भट्टराईको टिप्पणी : यो बजेटले अहिलेको समस्या समाधान गर्दैन

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट सन्तुलित नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बजेटसम्बन्धि छलफलमा भाग लिदै बजेट सन्तुलित नभएको र यसले अहिलेको समस्या समाधान नगर्ने बताएका छन् ।

बजेटमा वैचारिक समस्या देखिएको भन्दै बजेट परम्परागत रुपमा आएको र अलमलिएको बताए ।

डा. भट्टराईले ४० प्रतिशत राजश्व, ३०-३५ प्रतिशत वैदेशिक सहयोग र ऋण तथा रक्सि चुरोट बेचेर आउने ५ प्रतिशत गरेर ८० प्रतिशत रकम जम्मा गरेर देशको अर्थतन्त्रको बनावटमा तात्विक भिन्नता पछिल्लो बर्षको जस्तै नै रहेको बताए । बजेटमा धेरै विषय पुराना विषयकै निरन्तरता रहेको देखिएको बताए ।

अहिले कोरोनाको महामारीका बीचमा कोरोना नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउदै स्वास्थ्यमा ६ प्रतिशत बजेट छुट्याइएको भन्दै यो कम भएको उनले बताए । उनले अहिले स्वास्थ्यमा करिब १० प्रतिशत बजेट हुनुपर्ने बताए ।

सरकारले तत्काल र दिर्घकालको राहत कार्यक्रम ल्याउनु आवश्यक भएको भन्दै बजेटमा यस बारेमा पर्याप्त व्यवस्था नभएको डा. भट्टराईले बताए ।

डा. भट्टराईले विदेशमा रहेका नेपाली दाजुभाईलाई नेपाल ल्याउनु चुनौतिपूर्ण रहेको भन्दै सरकारले यसका लागि स्पष्ट रणनीति बनाउन नसकेको आरोप लगाए ।

राहतका लागि सरकारले असली राहत चाहिने समुहको पहिचान गर्नु आवश्यक रहेको भन्दै डा. भट्टराईले तिनीहरुलाई प्रति परिवार ५ हजार मासिक नगद राहत वितरण गर्न सुझाव दिए ।

उनले सम्पतिको अभिलेखीकरण गर्न र सम्पतिमाथि कर लगाउन सुझाव दिए ।

बजेटमा कृषिलाई आधुनिकीकरण गर्ने कार्यक्रम आएपनि कृषिलाई साधन र स्रोतको व्यवस्थापनमा भने ध्यान नदिएको बताए । उनले कृषि योग्य जमिन राष्ट्रले आफ्नो कब्जामा लिनुपर्ने बताए ।

डा. भट्टराईले शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिनुपर्ने बताउदै सरकारी विद्यालयलाई निजि क्षेत्रले हेर्ने कुरा हावादारी भएको बताए ।

उनले जागिर खाने किसिमले योजना ल्याएर देशको विकास नहुने बताउदै यसका लागि स्पष्ट बाटो देखाउन जरुरी रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय