• २०८१ बैशाख १६ आइतबार

अध्यादेश प्रकरणले ठुलो अनिष्टको संकेत गरेको छ - डा.बाबुराम भट्टराई

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका डा.बाबुराम भट्टराईले सरकारको छबि राम्रो नभएको बताए ।

प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै सरकारले राजनीतिक छबि बिगारेको आरोप लगाएका छन् ।

उनले आफ्नो बहुमतको सरकार छदा छदै अध्यादेश किन ल्याइयो भन्ने प्रश्न उठेको बताउदै यसले ठुलो अनिष्टको संकेत गरेको बताए ।

उनले सरकारको छबि राम्रो नभएको बताउदै राजनीति गर्ने सबै खाराब भन्ने प्रवृति बढेको बताए । 

राजनीतिक प्रवाह उल्टो ढंगले गएको प्रति सबै सजक हुनुपर्ने बताएका छन् । अर्को पार्टी फुटाउन अध्यादेश ल्याएको भनेर पार्टी बैठकमा प्रधानमन्त्रीले भनेको विषयले झन नैतिक संकट देखा परेको बताए । 

पूर्वप्रधानमन्त्री डा.भट्टराईले कोरोनाको महामारी कहिलेसम्म चल्छ भन्ने यकिन नभएको बताउदै सरकारले परिक्षणको दायरा बढाउन नसकेको बताए ।

परिक्षणको अभावमा कोरोना संक्रमित छुट्ट्याउन गाह्रो भएको बताउदै डा. भट्टराईले सरकार ढुक्क भएर बस्न नहुने बताए ।

मङ्सिरदेखि शुरु भएको कोरोना बारे हाम्रो तयारी नभएको अहिले देखिएको बताए ।

डा. भट्टराईले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले ल्याउन कुनै पहल गर्न नसकेको आरोप लगाए ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने काम सरकारले गर्न नहुने भन्दै छिमेकी मुलुक भारतमै रहेका नेपालीहरु स्वदेश आउन चाहेपनि देशल्याउन सरकारले चासो नदिएको बताए ।

हजारौं श्रमिकहरु रुदै घर जादा सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाए ।

डा. भट्टराईले लकडाउनका बेलामा सांसदहरुले तलब खाने र श्रमिकलाई केहि राहत नदिने भन्दै यस्तो पनि कम्युनिष्ट सरकार हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।

उत्पादन र वितरणको तालमेल नमिलेको भन्दै शहरमा तरकारी छैन गाउँमा बारीमै फालिएको छ भने उत्पादन र वितरणको तारतम्य सरकारले मिलाउन नसकेको बताए ।

डा. भट्टराईले अब यस्तो परिस्थितिमा एसईई परिक्षा लिन नहुने बताउदै विद्यालयले ग्रेड दिएर उनीहरुलाई उच्च शिक्षा पढ्ने तयारी गर्न लगाउनु पर्ने बताए ।

विश्व दोस्रो विश्व युद्ध पछिकै ठुलो आर्थिकमन्दीमा जाने निश्चित भएको भन्दै डा. भट्टराईले कृषि र उत्पादनमा जोड दिने योजना बनाउन सरकारलाई आग्रह गरेका छन् ।                

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै