• २०८१ जेठ ७ सोमबार

‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक

kharibot

काठमाडौँ । आउँदो बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको मुकुन्द्र भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर छ । नरेशनाथ योगीको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनाइएको छ ।

मिस्टर आरजेसँगै फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीलगायत गीतमा फिचर्ड छन् ।

यो फिल्मबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । गीतमा उनलाई पनि देख्न सकिन्छ । आना ढकाल र श्रृजना सिनाले पनि यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् । 

फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथा अमित शर्माले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । फिल्ममा हिमाल केसी र निर्देशक भट्टले एक्सन कोरियोग्राफी गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै