• २०८१ बैशाख १४ शुक्रबार

च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेलहरु स्थगित

kharibot

काठमाडौँ । युरोपियन फुटबलको गभर्निङ बडी युइएफ़एले आगामी साता हुने च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु स्थगित गरेको छ ।

युरोपमा कोरोनाको संक्रमणले महामारीको रूप लिएपछि सावधानी अपनाउदै युइएफएले आउदो साता हुने खेल स्थगित गरेको जनाएको छ ।

युइएफएले रियल म्याड्रिड र म्यानचेस्टर सीटी तथा युभेन्टस र लियोनबीचको खेल यस अघि नै स्थगित गरेको थियो ।

अब बायर्न म्युनिख र चेल्सीबीच तथा बार्सिलोना र नापोलीबीच हुने खेल पनि स्थगित भएको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, रोमा, वाल्भ्सका युरोपा लिगका खेलहरु समेत स्थगित भएका छन् ।

अब च्याम्पियन्स लिग र युरोप लिगका खेलहरु बिना दर्शक समेत नहुने भएका छन् ।

युइएफ़एले खेलहरुको नयाँ मिति पछि सार्वजनिक हुने बताएको छ ।

युइएफ़एले कोरोनाको संक्रमण बढेकाले मार्च १७ र १८का च्याम्पियन्स लिगका खेलहरु तथा मार्च १९ मा हुने युरोपा लिगका अन्तिम १६ का खेलहरु हाललाई स्थगित भएको उल्लेख गरेको छ ।

यसका साथै मार्च २० मा हुने भनिएको च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलको ड्र समेत स्थगित भएको छ ।

अहिलेसम्म कोरोनाको संक्रमणका काराण इटालियन सिरी ए, स्पेनिस ला लिगा र फ्रान्सको लिग वान स्थगित भैसकेका छन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै