• २०८१ जेठ ६ आइतबार

प्रेसको मोटरसाईकलबाट लागु औषधसहिँत २ जना पक्राउ

kharibot

बारा । बारा जिल्ला ईलाका प्रहरी कार्यालय सिमराले प्रेस लेखेको मोटरसाईकलबाट ९ सय थान लागु औषध सहिँत २ जनालाई पक्राउ गरेको छ ।

तराईमा होली अवसर पारेर लुकाई छिपाई लगिरहेको अवस्थामा सिमरा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा बिरगंज महानगरपालिका १५ बस्ने ३० वर्षीय जीतेन्द्र कुमार सिहं र भारत बिहार बस्ने २२ वर्षीय नासिर आलम रहेका छन् ।

प्रहरीले उनिहरुबाट ३ सय थान डाईजोपाम , ३ सय थान पिस–नुफिन र ३ सय थान फेनारगन बरामत गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीको कमाण्डमा चेकजाँचका क्रममा खटिएको टोलीले संकाको आधारमा सिमरा स्थित नेपाल बिधुत प्राधिकरण अगाडी गल्लीबाटो हुँदै लगिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सिहंले ना.६२.प.६२६७ नम्बरको प्रेस लेखेको मोटरसाईकलमा सो लागु औषध बिरगंजबाट पथलैया तिर लगिरहेको प्रहरि नायब उपरिक्षक पुरीले बताए ।

पक्राउ परेका दुबै जनालाई कानुन बमोजीम कारवाहि गरिने प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै