• २०८३ जेठ ७ बिहीबार

के कोरोना बारे १२ वर्ष पहिला भएको थियो भविष्यवाणी ?

के कोरोना बारे १२ वर्ष पहिला भएको थियो भविष्यवाणी ?

के संसारभरी आतंक मच्चाएको कोरोनाभाइरसको बारेमा पहिला नै भविष्यवाणी गरिएको थियो ?

केहि दिन पहिला अमेरिकी लेखक डिन कुंट्जको किताबमा खतरनाक भाइरसको बारेमा १२ वर्ष पहिला नै चेतावनी दिइएको थियो । अहिले अर्का अमेरिकी लेखकको किताबमा यस भाइरससंग मिल्ने लक्षणको बारेमा रहेको दाबि गरिएको छ । 

सामजिक संजालमा यस किताबको बारेमा भिन्न-भिन्न प्रकारको प्रतिक्रिया आइरहेको छ । अमेरिकी लेखिका सिल्विया ब्राउनीले  सन् २००८ को जुलाई मा  ‘इन्ड अफ डेज’ नामको किताब लेखेको थिइन् । अहिले ७७ वटा देशमा फैलिएको कोरोनाभाइरसको लक्षणको तुलना यस किताबमा लेखिएको लक्षणसंग गर्न थालिएको छ । 

‘इन्ड अफ डेज’ मा एउटा ठाउँको बारेमा बताइएको छ, सन् २०२० मा निमोनिया जस्तो गम्भीर रोग पुरै विश्वमा फैलिनेछ । उक्त रोग फोक्सो र श्वासनलीमा आक्रमण गर्नेछ र यसको कुनै उपचार हुने छैन । यस चेतावनी अनुमानको भरमा बताइएको छ, अमेरिकी लेखिकालाई धेरै वर्ष पहिला नै विश्व को यस गम्भीर रोगले सताउने आभास भइसकेको थियो । 

तर उक्त किताबमा यो पनि लेखिएको छ कि यस रोग अचानक आफै हराउदै जान्छ र जति तिब्रगतिमा यो फैलिरहेको छ त्यति नै तिब्रगतिमा यो हराएर जानेछ तर दश वर्ष पछि यो रोग फेरी देखापर्छ र आफै निको हुँदै जान्छ । 

को हुन् सिल्विया ब्राउनी 

सिल्विया ब्राउनी आफुलाई मनोवैज्ञानिक वा आध्यात्मिक गुरु भन्ने गर्थिन् । उनीसंग दैविक शक्ति रहेको पनि दाबी गरेकी थिइन् । टिभी र रेडियोमा उनको धेरै कार्यक्रम आउथे तर सन् २०१३ को नोभेम्बर २० मा उनको निधन भयो । 

बाजारमा उक्त किताबको स्टक छैन  

कोरोनाभाइरसको त्रासबाट बच्नको लागि यस भविष्यवाणीको फाइदा भनेको उक्त किताबको बिक्रिमा भएको छ । सिल्विया ब्राउनीको आधिकारिक वेबसाइट अनुसार वर्तमान समयमा यस किताबको स्टक छैन । उक्त वेबसाइट सिल्वियाको छोराले चलाउने गर्छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै