• २०८३ कार्तिक १३ शुक्रबार

भारत आउदै ट्रम्प, अहमदावादमा तीन घण्टा रहदा १३६ करोड खर्च !

भारत आउदै ट्रम्प, अहमदावादमा तीन घण्टा रहदा १३६ करोड खर्च !

फाइल तस्बीर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउन लागेका छन् । अर्को साता भारत भ्रमणमा आउन लागेका ट्रम्पको भ्रमणको चर्चा भारतिय मिडियामा केहि समय अघि देखि नै भइरहेको छ ।

यसै क्रममा ट्रम्पले भारत भ्रमणका क्रममा गुजरातको राजधानी अहमदावादमा विश्वकै ठुलो क्रिकेट स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गुजरातको राजधानी समेत रहेको अहमदावादमा ट्रम्पले स्टेडियम उद्घाटन सहित अन्य कार्यक्रम रहेपनि उनले केवल ३ घण्टा मात्र बिताउने भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले ट्रम्प ३ घण्टा अहमदावादमा रहदा खर्च १३६ करोड खर्च हुने उल्लेख गरेको छ । यो खर्च गुजरातको राज्य सरकारले गर्ने बताइएको छ ।

उनको भ्रमणका क्रममा अहमदावादमा १२ हजार सुरक्षाकर्मि तैनाथ गरिने बताइएको छ ।

त्यसै करिब ५० करोड रुपैया त स्टेडियम वरिपरीको सडक निर्माण र सरसफाईमा खर्च भइसकेको बताइएको छ ।

ट्रम्पले उद्घाटन गर्ने यो स्टेडियमको क्षमता एक लाख १० हजार रहेको छ भने ट्रम्पले उद्घाटन गर्ने ठाउको साजसज्जामा मात्र करिब १० करोड खर्च हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै