• २०८१ बैशाख १६ आइतबार

द्वन्दकालिन मुद्दाहरुलाई राजनीतिक रुपमा समाधान गरौँ - डा.बाबुराम भट्टराई

kharibot

काठमाडौं । समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर रेशम चौधरी लगायतको विषय मिलाउनु पर्नेमा जोड दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख अग्‍नि सापकोटालाई बधाई दिने क्रममा उनले उनले द्वन्दकालिन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका माध्यमबाट चाँडो टुंगो लगाउनुपर्ने मागसमेत गरेका छन् ।

उनले ठूलो क्रान्ति र विस्तृत शान्ति सम्झौतापछि गठन भएका आयोगले लामो समयसम्म पनि काम गर्न नसक्नु गम्भीर विषयमा भएको बताउँदै उनले कुनै एक व्यक्तिको मुद्दालाई लिएर कसैलाई फाइदा नहुने बताए । 

डा. भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ पनि ध्यानाकर्षण गराएका छन् । उनले भने, 'सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो भएन', उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो । तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडी राख्यौँ।’

उनले नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडी रहेको उनले बताए । 

'न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन कानुनको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकका पमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमुल्यन गरिरहेका छौँ', उनले भने, 'यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस भन्ने आग्रह गर्दछु ।’

सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर सदनमा प्रयाप्त छलफल गराउनेतर्फ पनि उनले सभामुखको ध्यानाकर्षण गराएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै