• २०८१ असोज ५ शनिबार

अग्नि सापकोटाले सम्हाले सभामुखको पदभार

kharibot

तस्बीर : रासस

काठमाडौँ । नवनिवार्चित सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पदभार सम्हालेका छन् ।  सोमबार सापकोटाले बिहान राष्ट्रपति निवासमा शपथ लिए पश्चात सिंहदरवारस्थित आफ्नो कार्यकक्ष पुगेर पदभार सम्हालेका हुन् ।

पदभार सम्हाल्दै आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक स्वाभाविक रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

सभामुख सापकोटाले पत्रकाहरुको प्रश्नमा आफूमाथि प्रश्न उठेका प्रश्नहरु निरुपण हुँदै जाने विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘यो मुद्दा प्रक्रियामा रहेको छ, यसबारे थप नबोऔँ ।'

उनले अगाडी भने,‘समग्ररुपले जीवन्त र सजिवरुपमा जनतालाई हामीले चुनेका प्रतिनिधिहरुले लोकतान्त्रिक ढंगले छलफल गरेका भनेर विश्वास दिलाउने छु ।'

सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिटको अहिले न्यायाधिश सपना प्रधान मल्लको इजलासमा सुनुवाई भइरहेको छ ।

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय