• २०८१ बैशाख १५ शनिबार

मिसेल ओबामाको ग्रेटालाई सन्देश : निडर भएर अघि बढ !

kharibot

वाशिंगटन । अमेरिकी पुर्व प्रथम महिला मिसेल ओबामाले ग्रेटा थनबर्गलाई आफ्नो आत्मविश्वास बलियो बनाउन सन्देश दिएकी छिन् । टाइम म्यागजिनले ग्रेटालाई वर्षको उत्कृष्ट व्यक्ति घोषणा गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीमाथि टाइम्सले गरेको निर्णय हास्यास्पद भन्दै ट्वीटरबाट उपहास गरेका छन् । उक्त ट्विटको जवाफमा मिसेलले ग्रेटालाई अझ कडा आत्मबल बनाउन भनेकी छिन् । 

उनले लेखेकी छिन्," कसैलाई पनि तिम्रो आत्मविश्वास तल पर्न नदिनु, पुरै विश्व र भियतनाममा मैले भेटेको केटिहरु जस्तै तिमीले अझै धेरै काम गर्न बाँकि छ, तिम्रो क्षमतमाथि शंका गर्नेहरुलाई वेवास्ता गर्दै तिमीलाई समर्थन गर्ने ती लाखौ मान्छेहरुको बरेमा विचार गर । " 

ट्रम्प र उनका समर्थक टाइम म्यागेजिनको यस घोषणा प्रति खुसि छैनन् । बिहिवार ट्रम्पले आफ्नो ट्वीटमा असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, 'कति हास्यास्पद छ, ग्रेटाले आफ्नो रिस नियन्त्रण गर्नको लागि उपचार गर्नु जरुरी छ, आफ्नो साथीसँग बितेका दिन सम्झदै, ओल्ड फ्यासन मुभी हर्न जाऊ र शान्त बन' उनले ग्रेटालाई 'चिल ग्रेटा चिल' भन्दै उडाएका पनि छन् ।

डेमोक्रेटिक पार्टीका सदस्यहरुले उक्त विषयको निन्दा गरेका छन्। एस्पर्गर सिन्ड्रोम भएको सानो बालिकामाथि इन्टरनेट मार्फत आक्रमण गरेको विषयसँग उनीहरुले पछिल्लो समय ट्रम्पकी श्रीमती मेलिना ट्रम्पले गरेको व्यवहारलाई तुलना गरेका छन् । उनले आफ्नो सन्तानको अपमान गरेको भन्दै एउटा 'एन्टी बुलिङ्ग' कार्यक्रम बीचमा छोडेर हिडेकी थिइन् । 

बिहिवार ट्रम्पको क्याम्पेनको ट्वीटर अकाउन्ट, 'ट्रम्प वार रुम' ले ग्रेटाको टाइम म्यागजिनमा भएको तस्विरलाई फोटोसप गरेर ट्रम्पको अनुहार लगाएका छन् ।

उक्त फोटोसप गरिएको तस्बिरमा क्याप्सन छ, 'जब आफ्नो प्रतिबद्धता कायम गर्ने समय आउछ, तब एउटा मात्र वर्षको सर्वोत्कृष्ट व्यक्ति हुन्छ ।' ट्रम्पले एक समय टाइमको सर्वोत्कर्ष व्यक्ति बन्ने उपाधि अस्विकार पनि गरेका थिए ।

उनले टाइम म्यागजिनले २०१७ को सर्वोत्कृष्ट व्यक्ति बन्न प्रस्ताव गरेको तर आफुले उक्त अवार्ड अस्विकार गरेको दाबि गरेका थिए । उनको अनुसार टाइमले त्यस उपाधिको मूल्य एउटा अन्तर्वार्ता र फोटोसुट मागेपछि आफुले स्वीकार नगरेको बताएका छन् । 

टाइमका सिइओ एलेन मुरेले भने उक्त कुराको खण्डन गर्दै यो पुरै असत्य रहेको बताएका थिए। 

ग्रेटालाई उनको विचारसँग असहमति जनाउने संसारका थुप्रै शक्तिशाली नेताहरुले बेइज्जत गरेका छन् ।

ट्रम्पले आफ्नो उपाधिको विषयमा नराम्रो भने पछि ग्रेटाले आफ्नो बायो परिवर्तन गरेकी छिन् । उनले लेखेकी छिन्, एउटा किशोरी, जो आफ्नो रिस नियन्त्रण गर्न सिक्दै छे र अहिले चिल गर्दै साथीसँग 'ओल्ड फ्यासन मुभी' हेर्दै छे ।  

यसै साताको सुरुवातमा ब्राजिलका राष्ट्रपतिले उनलाई 'छोटी बदमास' भनेका थिए । उनले त्यसको प्रतिउत्तरमा आफ्नो ट्वीटरको वायोमा 'पिर्हाल्लो' लेखेकी थिइन्, जसको मतलब पोर्चुगल भाषामा 'बदमास' भन्ने हुन्छ ।  

१६ वर्षे वातावारण अभियन्ता ग्रेटा थनबर्गले सेप्टेम्बर १७ मा अमेरिकाको पुर्व राष्ट्रपति बाराक ओबामालाई भेटेकी थिइन् । उनको बायोमा पहिले '१६ वर्षे एस्पर्गर भएकी वातावरण अभियानकर्ता' रहेको छ । 

सेप्टेम्बरमा उनले युएनमा भएको वातावरण सम्मेलनमा विश्वको नेताहरुलाई 'हाउ डेर यु' भन्दै प्रश्न समेत गरेकी थिइन् ।  

उक्त समिट पछि ट्रम्पले, 'आफ्नो उज्जल र सम्बृद्ध भविष्यको लागि रमाईरहेकी सानी केटिलाई भेट्दा खुसि लाग्यो' भन्दै ट्विट गरेका थिए । 

त्यसपछि ग्रेटाले तुरुन्तै आफ्नो ट्वीटर वायोमा, 'आफ्नो उज्ज्वल र सम्बृद्ध भविष्यको लागि रमाईरहेकी सानी केटी' राखेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै