• २०८१ बैशाख १४ शुक्रबार

सरकारले घोषणा गरेको पुरस्कार रकममा अन्योलता, खेलाडीले कति पाउलान् ? 

kharibot

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको प्रोत्साहन वापतको रकम बारे बुझाईमा फरक परेको देखिएको छ ।

प्रधानमन्त्री ओलीले रकम घोषणा गर्दै प्रति पदक स्वर्ण पदक विजेतालाई ९ लाख, प्रति रजत पदक विजेतालाई ६ लाख र प्रति कास्य पदक विजेतालाई ३ लाख दिने घोषणा गरेसँगै धेरै पदक पाउने खेलाडीले कति रकम पाउछन् भन्ने हिसाब किताब शुरु भयो । साथै एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति पदक ११ लाख र प्रशिक्षकलाई ५ लाख दिने घोषणा प्रधानमन्त्रीले घोषणा गरे ।

प्रधानमन्त्रीले यस्तो घोषणा गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले समेत यसै अनुसार मिडियामा व्याख्या गर्दै बोले । उनका अनुसार गौरिका सिंहले सर्वाधिक ६५ लाख पुरस्कार पाउने भएकी छन् । गौरिकाले यस सागमा जितेका ४ स्वर्ण, २ रजत र ३ काश्य पदक गरी कुल ९ पदक जितेकी थिइन् । त्यस्तै दुई स्वर्ण जितेका कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले २-२ स्वर्ण पदक जितेका छन् । यस अनुसार तिनै जनाले २२-२२ लाख पाउने भएका छन् ।

तर खेलकुद मन्त्रालय, जसले खेलाडीलाई प्रोत्साहन रकम प्रस्ताव गरेको थियो उनीहरुको भनाई भने प्रधानमन्त्रीको भन्दा फरक रहेको छ ।   

खेलकुद मन्त्रालयले प्रधानमन्त्रीलाई दिएको प्रस्तावमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख, दुई वा दुईभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीको हकमा जनही ११ लाख रूपैयाँ, टीम गेममा स्वर्णपदक विजेता खेलाडीलाई जनही ५ लाख, रजत पदक जित्ने खेलाडीलाई जनही ६ लाख र कास्य पदक जित्ने खेलाडीलाई जनही ३ लाख रूपैयाँ दिने रहेको छ ।

अब यो अन्योलपछि साग पदक विजेताले कति रकम पाउछन् भन्ने बारे अन्योलता बढेको छ । साग खेलकुदको इतिहासमा पहिलो ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक गरी कुल २०६ पदक जितेका खेलाडीहरु सरकारको यो घोषणा पछि प्रधानमन्त्रीले भने जस्तै रकम पाउछन् या मन्त्रालयले प्रस्ताव गरे अनुसार पाउछन् भन्ने अन्योल बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै