• २०८१ बैशाख १६ आइतबार

पुराना फोनमा ह्वाट्स एप बन्द ! 

kharibot

काठमाडौं । संसारभरका लाखौ प्रयोगकर्ताले मंगलवार ह्वाट्स एप बन्द भएको गुनासो गरेका छन्। युरोप, अमेरिका, मेक्सिको लगायत दक्षिण अमेरिकामा ह्वाट्स एप चल्न बन्द भएको हो । प्रयोगकर्ताको अनुसार मेसेज सेन्ड र रिसिभ गर्न नमिलेको र कनेक्टिङ मात्र देखाएको बताएका छन् । मोबाइल कम्पनीहरुले भने प्राविधिकले यस समस्याको समाधान छिट्टै निकाल्ने बताएका छन् ।

पछिलो मार्च महिनामा पनि यस्तै गरि ह्वाट्स एकप् चल्न बन्द भएको थियो जसले गर्दा प्रयोगकर्ताले सोसियल मिडियामा आफ्नो आक्रोश व्यक्त गरेका छन्। फेसबुक कम्पनीको स्वमित्वमा रहेको ह्वाट्स एपको दैनिक पाँच मिलियन प्रयोगकर्ता छन् ।

२०२० को फेब्रुअरी महिनादेखि पुराना मोडलका स्मार्ट फोनमा ह्वाट्सएप काम नगर्ने घोषणा गरे लगत्तै यो चल्न बन्द भएको हो आइओएस-८ आइफोन र त्यो भन्दा पुराना र एनड्रोइड फोन २.३.७ र अगाडीका उपकरणमा आब यो एप चल्ने छैन ।

ह्वाट्सएपले आफ्नो वेभसाइटमा लेखेको छ,"ह्वाट्स एप आफ्नो मोबाइलमा प्रयोगको लागि आइओएसको लेटेस्ट भर्जन प्रयोग हर्नुहोला ।"

२०१९ डिसेम्बर ३१ देखि सबै विन्डोज फोनमा यो एप नचल्ने कम्पनिले बताएको छ । विभिन्न देशको नियम कानुनको प्रेसरले गर्दा पनि यो एप पुराना डिभाइसमा बन्द हुन लागेको हो । ह्वाट्स एपले सोमबार अमेरिकी जस्टिस डिपार्टमेन्टलाई आफ्नो सम्झौता अनुरुप काम गर्ने बताएको छ । 

ह्वाट्सएपका प्रमुख वील क्याथकार्ट भन्छन्," कम्पनीले एउटा प्रयोजनको लागि भनिएको कुरा आरुले विकल्पको रुपमा पक्कै प्रयोग गर्नेछन्, प्रयोगकर्ताको निजि सन्देशहरु खतरामा पर्न सक्ने सम्भावना बढी छ त्यसैले सेक्युरिटी कडा गर्नु पर्छ, हामीले यस्तो गर्न चाहेको त थिएनौ तर सुरक्षको लागि तयार हुनु पर्छ ।" 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै