• २०८१ बैशाख १४ शुक्रबार

यी हुन् सागका ५१ स्वर्ण पदक विजेता (सुचीसहित)

kharibot

काठमाडौँ । गत मङ्सिर १५ गतेबाट संचालन भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । ‍१३औँ संस्करणमा नेपालले अहिलेसम्मकै सर्वाधिक स्वर्ण जितेर नयाँ किर्तिमान बनाएको छ । यस सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो ।

नेपालले पदक तालिकामा ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक गरि कुल २०६ पदक जितेर घरेलु मैदानमा सम्पन्न सागमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

नेपाली जलपरीको उपमा पाएकी पौडी खेलाडी गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने किर्तिमान बनाएर यस सागलाई स्मरणीय बनाएकी छन् । यस सागमा गौरिकाले ४ स्वर्ण २ रजत र ३ काश्य पदक जितेकी छन् ।
नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दोमा जित्यो । तेक्वान्दोमा नेपालले कुल १२ वटा स्वर्ण र कराँतेमा १० वटा स्वर्ण जितेको छ ।

त्यस्तै नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेर यस अघिको सागमा जितेको स्वर्ण पदकलाई निरन्तरता दिएको छ । साइक्लिङ, ट्रायथलन, गल्फ, बक्सिङ, एथलेटिक्समा नेपालले आशा गरे भन्दा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भयो ।    

नेपाललाई ५१ स्वर्ण पदक जिताएका खेलाडीहरु :

१. मण्डेकाजी श्रेष्ठ - कराते (एकल काता)
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर - कराते (टिम काता, पुरुष )
३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की - कराते (टिम काता ,महिला) 
४. लक्ष्मण तामाङ - कराते (५५ केजी) 
५. विप्लवलाल श्रेष्ठ - कराते (८४ केजीमाथि)
६. कुसुम खड्का - कराते (४५ केजी मुनी)
७. अनु अधिकारी - कराते (५० केजी मूनि)
८. नवीन रसाइली - कराते (६७ केजी)
९. सुनिता महर्जन - कराते (६८ केजी)
१०. अनुपमा मगर - कराते (६८ केजी) 
११. कमल श्रेष्ठ - तेक्वान्दो पुम्से (२३–२९ वर्ष)
१२. सिना मादेन लिम्बु - तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
१३. पार्वती गुरुङ - तेक्वान्दो पुम्से (२३–२९ वर्ष) 
१४. आयशा शाक्य - तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे - तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना – तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष)
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई – तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष)
१८. काजल श्रेष्ठ - तेक्वान्दो (४६ केजी मुनि)
१९. वीरबहादुर महरा - तेक्वान्दो (६८ केजी मुनि)
२०. संगीता बस्याल - तेक्वान्दो (६२ केजी मुनि)
२१. सक्षम कार्की - तेक्वान्दो (८७ केजी)
२२. भुपेन श्रेष्ठ - तेक्वान्दो (८७ केजी)
२३. सोनी गुरुङ - ट्रायथलन
२४. हिमाल टमाटा - डुवाथोलन
२५. विजय सिन्जाली - उसु (थाउलो)
२६. सुस्मिता तामाङ - उसु (थाउलो)
२७. दीपक हमाल - उसु (थाउलो)
२८. जुनी राई - उसु (५६ केजी)
२९. निमा घर्तीमगर - उसु (थाउलो-नान्दौ)
३०. राजेश मगर- साइक्लिङ (डाउनहिल)
३१. निश्मा श्रेष्ठ - साइक्लिङ (डाउनहिल)
३२. लक्ष्मी श्रेष्ठ - साइक्लिङ (क्रस कन्ट्री) 
३३. बुद्धिबहादुर तामाङ - साइक्लिङ (क्रस कन्ट्री)
३४. सुवास तामाङ - गल्फ (एकल) 
३५. सुवास तामाङ, शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ - गल्फ (पुरुष टिम)
३६. सन्जु चौधरी- भारोत्तोलन (५९ केजी) 
३७. विकास थापा - भारोत्तोलन (८९ केजी)
३८. गोपीचन्द्र पार्की - एथ्लेटिक्स (५ हजार मिटर दौड- पुरुष)
३९. सन्तोषी श्रेष्ठ - एथलेटिक्स (१० हजार मिटर-महिला)
४०. किरण बोगटी – एथलेटिक्स (पुरुष म्याराथन)
४१. गौरिका सिंह - पौडी (२०० मिटर फ्रिस्टाइल)
४२. गौरिका सिंह - पौडी (२०० मिटर ब्याकस्ट्रोक)
४३. गौरिका सिंह – पौडी (४०० मिटर फ्रीस्टाइल)
४४. गौरिका सिंह – पौडी (१०० मिटर फ्रीस्टाइल)
४५. संगीता धामी – कुस्ती (५५ केजी तौल समुह)
४६. देविका खड्का – जुडो (५२ केजी तौल)
४७. पुनम श्रेष्ठ – जुडो (७८ केजी तौल)
४८. भुपेन्द्र थापा – बक्सिङ (६४ केजी तौल)
४९. मिनु गुरुङ – बक्सिङ (५४ केजी तौल)
५०. सनिल शाही – बक्सिङ (६० केजी तौल)
५१. पुरुष फुटबल टिम  
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै