• २०८१ बैशाख १४ शुक्रबार

अभिनेत्री ऋचा शर्मा बैबाहिक बन्धनमा

kharibot

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक बन्धनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् ।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ । 

दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’ तस्विरमा ऋचा र दिपेक्षलाई खुसी मुद्रामा देख्न सकिन्छ । उनीहरु गएको दुई वर्षदेखि प्रेममा रहेपनि ऋचाले लामो समय प्रेम सम्बन्ध लुकाएकी थिइन् ।

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यसको पनि उनले ६ एपिसोडको छायांकन भ्याइसकेकी छन् । उनका श्रीमान् राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै