• २०८१ बैशाख १४ शुक्रबार

भुटानमाथि नेपालको फराकिलो जित, तोडिए केयौ रेकर्ड

kharibot

काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेट खेलमा नेपालले भुटानमाथि फराकिलो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ६ विकेट गुमाउदै ९५ रन मात्र बनाएपछि नेपाल १४१ रनले विजयी भएको हो ।

भुटानका लागि रनजन मिकयो दोर्जीले सर्वाधिक २७ रन बनाए भने सोनाम टोबगेले १५ तथा टोबदेनसिंगेले ११ रन बनाएका थिए ।

नेपाली बलर पारस खड्काले २ विकेट लिए भने करण केसी, ललित राजबंशी र पवन सराफले एक एक विकेट लिएका थिए ।      

यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २३६ रन बनाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेलेका थिए । ज्ञानेन्द्रले ५५ बलमा १०७ रन बनाएर आउट भएका थिए । ज्ञानेन्द्रको टी-२० खेलमा पहिलो शतकको । यस अघि नेपालका पारस खड्काले टी-२० मा शतक बनाएका थिए भने अब ज्ञानेन्द्र टी-२० मा शतक बनाउने दोस्रो कप्तान र दोस्रो नेपाली खेलाडी बनेका छन् ।

साथै यस खेलमा नेपालले टी-२० मा अहिलेसम्मको सर्वाधिक टोटल बनाएको छ भने पहिलो विकेटका लागि रेकर्ड १०८ रनको साझेदारी समेत भएको छ ।

यस खेलमा पारस खड्काले समेत आक्रामक ब्याटिंग गर्दै २८ बलमा ५७ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित २७ बलमा ४५ रनको महत्वपूर्ण इनिंग खेलेका थिए । त्यस्तै रोहित पौडेल ६ रन बनाएर आउट भए भने आरिफ सेखले अविजित ४ रन बनाए ।
जारी सागमा पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपालले पहिलो जित हासिल अग्रेको छ बहने भुटानले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

बन्यो किर्तिमान :

नेपालले भुटानविरुद्ध २३६ रन बनाएर नेपालको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म कै उच्च टोटल बनाएर नयाँ किर्तिमान बनाएको छ । यस अघि नेपालले गत जुलाईमा मलेसियाविरुद्ध १७३ रन बनेय्को थियो ।

त्यस्तै यस खेलमा नेपालले १४१ रनको फराकिलो जित हासिल गरेर अन्तर्राष्ट्रिय टी-२० मा अहिलेसम्म कै फराकिलो जित हासिल गरेको छ । यस अघि नेपालले सिंगापुरलाई २०१४ मा ८० रनको अन्तरले पराजित गरेको थियो ।

त्यस्तै यस खेलमा नेपाली कप्तान ज्ञानेन्द्र मल्लले टी-२० खेलमा शतकीय पारी खेल्दै टी-२० मा शतक बनाउने दोस्रो नेपाली खेलाडी र दोस्रो नेपाली कप्तान बनेका छन् ।

साथै ज्ञानेन्द्रले बनाएको १०७ रन नेपाली व्यट्सले टी-२० खेलमा बनाएको सर्वाधिक रन हो । यस अघि पारसले गत सेप्टेम्बरमा सिंगापुरविरुद्ध १०६ रन बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै