Skip This

सिद्धबाबालाई चार दिनको म्याद थप

खरीबोट

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव 'सिद्धबाबा' भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका सिद्धबाबालाई प्रहरीले सोमबार नै सुनसरी जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । आज बिहान विराट नर्सिङ अस्पताल विराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि आजै जिल्ला अदालत सुनसरीमा हाजिर गरेको थियो ।

आइतबार नै प्रहरीले कृष्णदासलाई पक्राउ गर्ने तयारी गरेकामा सघन उपचार कक्ष(आइसीयू)मा भर्ना भएकाले पक्राउ गर्न सकेको थिएन । कृष्णदासको स्वास्थ्य अवस्था सामान्य भएपछि आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

सिद्धबाबा कृष्णदासले गत कात्तिक ४ गते एक अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार

सिद्धबाबालाई ७ दिनको म्याद थप

इटहरी । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले दोस्रो

सिद्धबाबालाई चार दिनको म्याद थप

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव 'सिद्धबाबा' भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा

सार्थक बन्दैछ सिद्धबाबा सडक खण्डमा सुरुङमार्गको सपना

काठमाडौँ । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन्। वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा

बलात्कारको आरोप लागेका सिद्धबाबा पक्राउ

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ होमबाट आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा खटिएको टोलीले पक्राउ


z