• २०८१ बैशाख १५ शनिबार

ओली सरकार असफल : राप्रपा संयुक्त अध्यक्ष जबरा

kharibot

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सरकार राजनीतिक रुपमा सफल भएपनि कामको कुरामा असफल भएको भनेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार असफल भएको बताएका छन्। उनले भने, "ओली राजनीतिक रुपमा सफल भएपनि देश विकाशको कुरामा असफल भएका छन्।''

अध्यक्ष जबराले उप-निर्वाचनको नतिजाले नेपाल कम्युनिस्टको सरकार फेल हुदै गएको बताएका छन्। "नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई हराएको देखिएको छ, दुई सिटमा हार भोग्नु भनेको जनताको चाहनालाई पुरा गर्न नसक्नु हो।" उनले भने,"दुइतिहाईको सरकार भएर पनि केहि गर्न नसक्नु भनेको जनमत खेर गएको हो।"

भक्तपुर र धरानको चुनाबको नातिजाले नेपाल कम्युनिस्ट पार्टीलाई केहि धक्का पुगेको उनको बताएका छन्। नेपालमा राप्रपाको धर्मयात्रा सम्पूर्ण गरेर नपाल अझै हिन्दु राष्ट्र हुनुपर्छ भन्ने उद्धेश्य रेहको बताए।

सगरमाथा र बुद्ध जन्मेको देश भएको कारण एक्लो हिन्दु राष्ट्र हुनुपर्ने उनको भनाइ छ। "केहि वर्ष अगाडी यहाँका मुख्य पार्टीहरुले परिवर्तन गरि देशलाई धर्मनिर्पेक्ष बनायो, देशमा ८१ प्रतिशत जनता हिन्दु भएको र ओमकार सहित ९४ प्रतिशात छ र त्यस तथ्यलाई घात गरेर बनाएको धर्मनिर्पेक्ष, देशलाई सुहाउदैन त्यसैले संबिधानमा हुन्दु राष्ट्र घोषणा हुनुपर्छ।" उनले नेपललाई हिन्दु राष्ट्र घोसणा गराउन सरकारलाई दबाब दिने र देशव्यापी हस्ताक्षर गर्ने अभियान चलाउने बताएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै