भारतको तमिलनाडुमा भारी बर्षाको कारण संरचना भत्किदा सत्रको मृत्यु

खरीबोट

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाल लगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ। मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ।

स्थानीय समयानुसार सोमबार बिहान ५:३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ। 

भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ। कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ।

गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो।

सम्बन्धित समाचार

साग महिला फुटबलमा भारतसँग नेपाल पराजित 

पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले भारतसँग पराजति भएको छ । फाइनल खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको छ

साग महिला फुटबल फाइनल : पहिलो हाफमा भारत १-० ले अगाडी 

पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारत खेलिरहेका छन् । पहिलो हाफको खेल सकिदा नेपाल १-० ले पछाडी परेको छ । पोखरा

पुर्व प्रधानमन्त्री नेपाल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ । नेकपाका विदेश मामला

साग महिला फुटबल : नेपाललाई भारतसँग बदला लिने मौका 

काठमाडौँ । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले स्वर्ण पदकका लागि आज भारतसँग प्रतिष्पर्धा गर्दै छ । पोखरा रंगशालामा हुने यो खेलमा नेपालले घरेलु मैदानको फाइदा


z