• २०८३ असार ३ बुधबार

जोरपाटी–सुन्दरीजल सडक मर्मत शुरु

जोरपाटी–सुन्दरीजल सडक मर्मत शुरु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत शुरु भएको छ । 

सरकारसँग मेलम्ची खानेपानी आयोजनाले जोरपाटी–सुन्दरीजल सडक मर्मत र आवश्यकता अनुरुप विस्तार गर्ने सम्झौता गरेको थियो । आयोजनाले सम्झौता कार्यान्वयन नगर्दा सडक दैनिक प्रयोग गर्ने गागलफेदी, आलापोट, भद्रवास, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटीका हजारौं नागरिकले सास्ती खेप्नु परिरहेको छ । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले हजारौं नागरिकको समस्यालाई समाधान गर्न बाटो मर्मतलाई उच्च प्राथमिकतामा राखी शुक्रबारदेखि काम शुरु गरिएको बताए । 
सडक मर्मत कार्यको अनुगमन गरिरहनुभएकी नगर उपप्रमुख शान्ति नेपालले सडक मर्मतले नागरिकको दैनिक समस्या समाधान गर्न कामलाई छिट्टै सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै