विश्वका चर्चित एथलेट उसेन बोल्ट आफ्नो जीवनको अन्तिम सय मिटर प्रतिष्पर्धामा पराजित भएका छन् ।
लण्डनमा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत शनिबार राति भएको सय मिटर दौडमा कीर्तिमानधारी जमैकाका उसेन बोल्टलाई पछि पार्दै अमेरिकाका जस्टिन गाट्लिनले स्वर्ण पदक जितेका छन् । बोल्टले रजत पदक पनि जित्न सकेनन् । उनी तेस्रो हुँदै काश्यक पदकमा चित्त बुझाउन बाध्य भए ।
निर्धारित दूरी ९ दशमलव ९२ सेकेण्डमा पूरा गर्दै ३५ वर्षका गाट्लिनले स्वर्ण पदक जितेका हुन् । यस्तै ९ दशमलव ९४ सेकेण्डमा दूरी पूरा गरेका अमेरिकाकै क्रिश्चियन कोलम्यानले रजत तथा ९ दशमलव ९५ सेकेण्डमा दूरी पूरा गर्दै बोल्टले काश्य पदक जिते ।
बोल्टले अर्को हप्ता ४x१०० मिटरको रिले दौड दौडे पछि सन्यास लिदै छन् ।