काठमाडौँ । अन्डर १९ एशिया कपमा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ ।
समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा आज कुवेतलाई १६३ रनले पराजित गर्दै प्रतियोगिताको अन्तिम खेलमा पहिलो जित हासिल गरेको हो ।
पाकिस्तानले दिएको ३३६ रनको लक्ष्य पछाएको कुवेत ४३.४ ओभरमा १७२ रनमा अल आउट भएको थियो ।
यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै ३३५ रन बनाएको थियो ।
यस अघि पाकिस्तान भारत र अफगानिस्तानसँग पराजित भएको थियो ।
समुह ए बाट भारत पहिलो र अफगानिस्तान दोस्रो हुदै सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै पाकिस्तान दुई खेलमा पराजित हुदै र कुवेत तिनै खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिएका छन् ।