काठमाडौं । धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
आइतबार काठमाण्डौबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नं को बस, चितवनबाट काठमाडौ जाँदै गरेको बा ३ ख १००४ नं को माईक्रो र बा २ ख ४५६७ नं को माईक्रो एक आपसमा ठोक्किँदा धादिङ महादेबस्थान ८का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र अर्का एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
मृतक दुबैको शव गजुरी अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा घाइते भएका १८ जनालाई काठमाडौं रिफर गरिएको छ ।
त्यस्तै गजुरी अस्पतालमा ७ जना र चरौदी अस्पतालमा २ जनाको उपचार भइरहेको छ । ३ जनाको सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
प्रहरी चौकी जोगिमाराले बा ३ ख १००४ नं को चालक नवलपरासी मध्यबिन्दु न.पा.७ का २७ वर्षीय रबिन खड्कालाई नियन्त्रणमा लिएको छ ।









