• २०८३ भदौ १४ आइतबार

कृष्णभीर नजिक बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० जना घाइते 

कृष्णभीर नजिक बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० जना घाइते 

काठमाडौं । धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

आइतबार काठमाण्डौबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नं को बस, चितवनबाट काठमाडौ जाँदै गरेको बा ३ ख १००४ नं को माईक्रो र बा २ ख ४५६७ नं को माईक्रो एक आपसमा ठोक्किँदा धादिङ महादेबस्थान ८का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र अर्का एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

मृतक दुबैको शव गजुरी अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा घाइते भएका १८ जनालाई काठमाडौं रिफर गरिएको छ । 

त्यस्तै गजुरी अस्पतालमा ७ जना र चरौदी अस्पतालमा २ जनाको उपचार भइरहेको छ । ३ जनाको सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रहरी चौकी जोगिमाराले बा ३ ख १००४ नं  को चालक नवलपरासी मध्यबिन्दु न.पा.७ का २७ वर्षीय रबिन खड्कालाई नियन्त्रणमा लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै