• २०८१ असोज ५ शनिबार

नेपाल आइडल रवि ओडको पहिलो गीत ‘मिठो बोलीले...’  सार्वजनिक

kharibot

काठमाडौं । दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । 

शुक्रवार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

नृत्यपरक उक्त गीतमा प्रसिद्ध संगीतकार हरि लम्सालको संगीत निर्देश्ँन छ । गीतका संगीत संयोजक पनि संगीतकार लम्साल नै हुन् । कृष्ण केसीले उक्त गीत रचना गरेका हुन् । अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । स्थापित कोरियोग्रँफर शिव बिकेको कोरियोग्रँफी तथा निर्देश्ँनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । 

सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायांकार हुन् ।

भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारहरुले सामुहिक नृत्य गरेका छन् ।

यस्तो छ भिडियो :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै