१० करोड वर्ष अघिका सिकारी माकुराका आँखाहरू चम्किरहेका भेटिए

खरीबोट

काठमाडौँ । झन्डै १० करोड वर्ष अगाडिका प्राचीन सिकारी माकुराको अवशेष पुरिएको अवस्थामा फेला परेको छ । 

अचम्मको कुरा, यी माकुराका आँखाहरू अझै पनि जीवित जस्तै गरी चम्किरहेका भेटिएका छन् । एक इन्चभन्दा पनि कम आकारका यी प्रजातिका माकुराहरू पृथ्वीमा झन्डै १० करोड ६० लाख वर्षदेखि ११ करोड २० लाख वर्ष पूर्व अस्तित्वमा रहेको अनुसन्धानकर्ताहरूले जनाएका छन् |

दक्षिण कोरियाको एक स्कुले बच्चा र प्राचीन अवशेषहरूको खोजकर्ता काय सु नामले क्रिटासियस कालका चट्टानहरूमा माकुराका यस्ता जीवाश्महरू फेला पारेका हुन् ।

फेला परेका १० माकुराहरूको अवशेषमाथि क्यान्सस विश्वविद्यालयमा गरिएको अध्ययनपछि प्रोफेसर पल सेल्ड़ेनले विशेष खालका काला चट्टानहरूमा संरक्षित भएका कारण झट्ट हेर्दा उनीहरूको ठूलाठूला आँखाहरूमा पहिले ध्यान गएको संचारमाध्यमलाई जनाएका छन् ।

अन्य जनावरका तुलनामा माकुराहरूको अवशेष प्राप्त गर्नु एकदमै दुर्लभ मानिन्छ । किराहरूजस्ता नरम शरीर भएका प्राणीहरू चाडै कुहिने हुनाले हाड र दाँत भएका अन्य ठूला जनावरहरूजस्तो चट्टानहरूमा संरक्षित भएर बस्दैनन् ।

वैज्ञानिकहरूले यी माकुराहरू रातमा सिकार गर्ने गरेका पत्ता लगाएका छन् । निशाचर यी माकुराका आँखा राती बिरालोको जस्तै प्रकाशमा प्रतिबिम्बित हुने वैज्ञानिकहरूले जनाएका छन् ।


 

सम्बन्धित समाचार

ट्रम्पको बक्सर बनेको तस्बीर भाइरल ! 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ट्वीटको कारण अहिले ट्रोल भइरहेका छन् । ट्रम्पले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा एउटा फोटो शेयर गरेका छन्, जसमा उनले बक्सर रकी बाल्बोआको तस्वीरमा आफ्नो

लिभरपुल बराबरीमा रोकियो, समुह 'इ' को समीकरण रोचक

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत लिभरपुल नापोलीसँग बराबरीमा रोकिएपछि टप १६ मा पुग्न अन्तिम खेल पर्खिनुपर्ने भएको छ । गएराती सम्पन्न खेलमा समुह इ अन्तर्गतको खेलमा लिभरपुल र नापोली १-१ गोलको बराबरीमा

सान्युको 'पाँच नग्न' पेन्टिङ रेकर्ड तीन सय मिलियनमा बिक्री

हङकङ । हङकङको वान चाइ कन्भेन्सन सेन्टरमा आयोजित २०औं शताब्दीको कन्टेम्पोररी कला साँझमा चीनिया-फ्रान्सेली कलाकार सान्युको १९५५ मा बनेको 'पाँच नग्न', तीन सय तीन मिलियन हङकङ डलरमा बिक्रि भएको छ

४० किसिमका फल फल्ने अनौठो रुख (भिडियोसहित)

काठमाडौँ । सामान्यता यस्तो मानिन्छ कि एक रुखमा एक मात्र फल फल्ने गर्दछ । तर वैज्ञानिकहरुले यो मान्यतालाई गलत साबित गरेका छन् । अहिले अमेरिकामा एक रुखमा विभिन्न ४० किसिमका


z