• २०८१ बैशाख १५ शनिबार

नयाँ सरकार बनेपछि देशमा गुणात्मक सुधार आएन - डा.बाबुराम भट्टराई 

kharibot

काठमाडौँ। संघीय संसदको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकार बनेपछि देशमा गुणात्मक सुधार नआएको बताएका छन्। सरकारले ठुलो ठुला काम गरेको दाबि गरेपनि आम मानिसले महसुस गर्ने गरि गुणात्मक सुधार नआएको टिप्पणी गरे। 

भट्टराईले सरकारले द्वन्द पिडितको समस्या समाधान गर्न चासो नदिएको, संबिधान संशोधन गर्न पहल नगरेको, निर्वाचित प्रतिनिधिले अनियमितता गरेको कुरा बाहिर आएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। 

भट्टराईले सुसाशन सरकारको क्षमताको कुरा भएको भन्दै वाइड बडीमा जस्तो भ्रष्ट्राचार भएको र यसरी सुशासन कसरी आउछ भन्दै उनले बुढी गण्डकीलाई जबर्जस्ती विवादमा ल्याएको र पटक पटक एकै कम्पनिलाई दिनुमा स्वार्थ रहेको बताउदै यो दुर्भाग्यपूर्ण भएको बताए। 

निर्मला प्रकरणमा प्रहरीको बदमासी भएको र समान्य मानिसलाई पक्रेर यातना दिइएको आरोप लगाउदै यो राम्रो संकेत नभएको बताए। विकासको सपना देखाउने कुरा राम्रो भएको भएपनि त्यसमा काम नहुनु दुखद भएको बताए।

सरकारको छबि अन्तर्राष्ट्रिय स्तरमा झन् खस्केको बताउदै सरकारले याँहा चित्र प्रस्तुत गरेजस्तो नरहेको बताए। खुला र पारदर्शी ढंगले सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिए।  
 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै