• २०८१ बैशाख १५ शनिबार

तिनाउ खोलामा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

kharibot

बुटवल। पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए ।

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै