• २०८१ बैशाख २६ बुधबार

ल्यापटप चोरेर चोरले पठायो भावुक इमेल !  

kharibot

काठमाडौँ। मानवीय समवेदना या नराम्रो काममा पनि इमान्दारिताका कहिले काँही घटना हामीले पढने र सुन्ने गरेका छौ। बेलायतको ब्रिमीङघममा हालै यस्तै एउटा ल्यापटप चोरी घटना अहिले चर्चाको विषय बनेको छ।

अहिले सो ल्यापटप चोर सामाजिक संजालमा चर्चाको विषय बनेको छ। बेलायतको ब्रिमीङघममा एक फ्ल्याटबाट विश्वविधालयका विद्यार्थीको ल्यापटप चोरी भएको केहिदिन पछि इमेल पठाएर माफी मागेको घटना सार्वजनिक भएको छ। विद्यार्थीका साथीले सामाजिक संजालमार्फत चोरको सो इमेल सार्वजनिक गरेपछि यो विषय चर्चाको विषय बनेको हो।

चोरले पठाएको इमेलमा आफुले ल्यापटप चोरी गरेकोमा माफी माग्दै गरिवीका कारण आफुले चोरी गरेको उल्लेख गरेको छ। इमेलमा आफुले ल्यापटप मात्र लागेको तर फोन र वालेट नलगेको बताउदै माफी मागेको छ। चोरले इमेलमा तिमी विश्वविद्यालयको विद्यार्थी भएकोले ल्यापटपमा कुनै महत्वपूर्ण डकुमेन्ट भएमा जानकारी गराए आफुले ति डकुमेन्ट इमेलमा पठाइदिने जानकारी समेत गराएको छ । 

सामाजिक संजालमा यो इमेल सार्वजनिक भएपछि सबैले चोरको तारिफ गर्दै इमान्दार चोर भएको बताएका छन्।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै