• २०८३ मङ्सिर ९ बुधबार

नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गर्ने चार जना पक्राउ

नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौं । नशालु पदार्थ खुवाएर बेहोस बनाई सुन तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न स्थानमा भएका लुटपाटका घटनाको अनुसन्धानपछि चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले वृद्ध तथा महिलालाई निशाना बनाई नशालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाउने र सुनका गरगहना, नगद तथा मोबाइल लुट्ने गरेका थिए । काभ्रेका विभिन्न स्थानमा भएका घटनाको अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा छवबहादुर कार्की, वीरबहादुर तामाङ, अमरबहादुर विक र प्रवीण सुनुवार रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै