ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको छ ।
बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए। त्यसपछि महामन्त्री प्रदीप पौडेलले बैठकका लागि विभिन्न कार्यसूची प्रस्तुत गरेका थिए ।
बैठकमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।









