• २०८३ मङ्सिर ८ मंगलबार

सूर्यवंशीको युएईविरुद्ध दोहोरो शतक, बने कैयौं किर्तिमान

सूर्यवंशीको युएईविरुद्ध दोहोरो शतक, बने कैयौं किर्तिमान

काठमाडौँ । भारतका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटमा अहिलेसम्मकै छिटो शतक डेढ सय र दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका छन् ।

उनले एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको समूह चरणको खेलमा मात्र २८ बलमा शतक पूरा गरेका हुन् ।

भारत ‘ए’ बाट ओपनिङ गरेका सूर्यवंशीले ६.३ ओभरमै शतक पूरा गर्दा १४ छक्का र चार चौका प्रहार गरेका थिए । उनले ३७५ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै न्युजिल्यान्डका जेक फ्रेजर म्याकगर्कको कीर्तिमान एक बलले तोडेका हुन् । यो सूर्यवंशीको १६ लिस्ट ‘ए’ खेलमा दोस्रो शतक हो । उनले यसअघि यसै वर्ष श्रीलंका ‘ए’ विरुद्ध ११ बलमा अर्धशतक बनाएर लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

यूएईविरुद्धको खेलमा उनले ४० बलमै १५० रन पूरा गर्दै आफ्नै पुरानो कीर्तिमानसमेत तोडेका छन् । यसअघि उनले गत वर्ष बिहारबाट अरुणाचल प्रदेशविरुद्ध ५९ बलमा १५० रन बनाएका थिए ।

यसै खेलमा उनले ५२ बलमा दोहोरो शतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमानसमेत बनाएका छन् । यसअघि न्युजिल्यान्डका चाड बोवेसले सन् २०२४ अक्टोबर २३ मा क्यान्टरबरीबाट ओटागोविरुद्ध फोर्ड ट्रफीमा १०३ बलमा दोहोरो शतक पूरा गरेका थिए । 

यस खेलमा सूर्यवंशी २०४ रन बनाएर आउट भएका थिए । उनले आफ्नो इनिंगमा ५३ बल खेल्दै २८ छक्का र ७ चौका प्रहार गरेका थिए । 

यो खेल भारतले ७ विकेटले जितेर समुह बी बाट सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै