• २०८३ मङ्सिर ७ सोमबार

दानबहादुर कार्कीको रिटको पेशी न्यायाधीशद्धय फुयाल र पाण्डेयको संयुक्त इजलासमा

दानबहादुर कार्कीको रिटको पेशी न्यायाधीशद्धय फुयाल र पाण्डेयको संयुक्त इजलासमा

काठमाडौं । पदबाट हटाइएका आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको आज पेशी तोकिएको छ ।

सो रिट सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।

मङ्सिर ३ गते यस रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । विशेष अग्राधिकार दिँदै आजको लागि पेशी तोकिएको थियो ।

आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । गत कात्तिक १८ मा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोज कुमार केसीलाई आईजीपी बनाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै