काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले युएईको सामना गर्दैछ ।
दोहामा हुने यस खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै युएईले पहिला ब्याटिंग गर्ने भएको छ ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको छ भने युएईले पनि पाकिस्तान ए सँग ६१ रनको हार बेहोरेको थियो । प्रतियोगितामा दुवै देशले पहिलो खेल हारेकाले यो खेल जित्नै पर्ने अवस्थामा आमने सामने हुदैछन् ।









