काठमाडौँ । लियोनल मेसी अमेरिकी लिग सकर (एमएलएस) को इतिहासमा लगातार दुई सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।
मेसीले सन् २०२६ को नियमित सिजनमा २६ गोल र १७ असिस्टसहित कुल ४३ गोलमा प्रत्यक्ष योगदान दिएका थिए । यसअघि सन् २०२५ को नियमित सिजनमा उनले २९ गोल र १९ असिस्ट गर्दै कुल ४८ गोलमा योगदान गरेका थिए ।
लगातार दुई सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जित्दै मेसीले एमएलएसमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
२०२३ देखि इन्टर मियामीबाट खेलिरहेका मेसीले अहिलेसम्म १२५ खेल खेल्दै १०७ गोल गरेका छन् ।









