• २०८३ मङ्सिर ६ आइतबार

फुलहमसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

फुलहमसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटी र फुलहमले १–१ गोलको बराबरी खेलेका छन्। घरेलु मैदान एतिहाद रङ्गशालामा भएको खेलमा अग्रता जोगाउन नसक्दा सिटीले अङ्क बाँड्नुपरेको हो।

खेलको १६औँ मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ओस्कार बबको पासमा उनले उत्कृष्ट गोल गरेका थिए। पहिलो हाफमा सिटीले गोल फर्काउन सकेन ।

दोस्रो हाफमा सिटीका इलियट एन्डरसनले ५८औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। कर्नरबाट आएको बल फुलहमका खेलाडीले क्लियर गरेपछि उनले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गर्दै गोल गरेका थिए ।

बराबरीसँगै सिटीको लगातार तीन खेलको हारको शृङ्खला रोकिएको छ । यसअघि एर्लिङ हालान्डले गोल गरे पनि गोलरक्षकलाई फल गरेको भन्दै रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् । यो नतिजाले फुलहमविरुद्ध सिटीको लगातार २० खेलको जितको शृङ्खला पनि अन्त्य गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै