काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १६३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने लुम्बिनी, मधेश, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १६३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा १७ जना, सुदूरपश्चिममा १५ जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा ५१ जना, कर्णालीमा ३ जना र गण्डकीमा १४ जना घाइते भएका छन् ।









