बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ (साविक मधवलिया गाविस) का १५५ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
नापजाँच सम्पन्न भएको करिब तीन वर्षपछि उनीहरूले जग्गाको कानुनी स्वामित्व पाएका हुन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको जग्गा नापजाँच २०८० सालमै सम्पन्न भएको थियो । तर नापजाँच र नक्साङ्कन सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो ।
लालपुर्जा प्राप्त भएसँगै १५५ परिवारको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ ।









