• २०८३ मङ्सिर ३ बिहीबार

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी बोटलर्स नेपालको शेयर ६ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.४५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख बराबरको कारोबार भएको छ भने पिपल्स हाइड्रोको १५  करोड १६ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै