• २०८३ मङ्सिर ३ बिहीबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९  जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने मधेश र लुम्बिनी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ । त्यस्तै कर्णाली प्रदेशमा एक जनाको मृत्यु भएको छ ।   

त्यस्तै देशभर भएका दुर्घटनामा १४८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३९ जना घाइते भएका छन् भने कोशीमा २३ जना, काठमाडौँ उपत्यकामा २० जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा २५ जना, कर्णालीमा २१ जना र गण्डकीमा ३ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै