• २०८३ मङ्सिर २ बुधबार

प्रहरी क्वार्टरभित्र मृत फेला परे प्रहरी निरीक्षक

प्रहरी क्वार्टरभित्र मृत फेला परे प्रहरी निरीक्षक

गुल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवासमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेका हुन् । बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि प्रहरीले निवासमा पुगेर हेर्दा अचेत अवस्थामा फेला पारेको थियो ।

निवासको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा लामो समयसम्म नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई बाहिर निकालेको थियो । तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

गुल्मी प्रहरीले केसीको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै