• २०८३ मङ्सिर २ बुधबार

पोखरामा मंसिर ४ गते नेपाल–जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम हुने

पोखरामा मंसिर ४ गते नेपाल–जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम हुने

पोखरा । नेपाल र जापानबीचको सांस्कृतिक, शैक्षिक तथा मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले पोखरामा ‘नेपाल–जापान आदानप्रदान सांगीतिक कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ ।

कास्की पोखरा समाज जापानको आयोजनामा हुने कार्यक्रममा जापानबाट आएका कलाकार र नेपाली कलाकारले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन् । संगीत र संस्कृतिमार्फत दुई देशका नागरिकबीच आपसी सद्भाव, समझदारी तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पोखरा र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रम मंसिर ४ गते दिउँसो ३ः३० बजे पोखरा सभागृहमा हुनेछ । कार्यक्रमलाई पोखरा महानगरपालिका तथा विभिन्न संघसंस्थाले सहयोग गर्नेछन् ।

कार्यक्रमको तयारीका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा पोखरामा क्रियाशील विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा बैठकसमेत सम्पन्न भएको छ ।

बैठकमा नगर प्रमुख आचार्यले नेपाल र जापानबीचको सम्बन्ध कूटनीतिक तहमा मात्र सीमित नभई नागरिकस्तरको आत्मीयता, संस्कृति, शिक्षा र आपसी सहयोगमा समेत आधारित रहेको बताएका थिए । उनले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै